२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी जनयुद्ध र मधेस जनविद्रोहकै जगबाट गणतन्त्र स्थापना : उपेन्द्र यादव

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोहकै जगबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दाबी गरेका छन्।

आज (आइतबार) कमलादीमा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले ऐतिहासिक विद्रोहबाट परिवर्तन सम्भव भएको बताएका हुन्।

यादवले भने, ‘माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भएको यो मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन। ऐतिहासिक विद्रोहबाट परिवर्तन सम्भव भएको हो। ’

उनले पीडितले अझै पनि न्याय नपाएको बताए । यादवले भने,‘आन्दोलन र परिवर्तनपछि धेरै सरकार बने। माओवादीको नेतृत्वमा पनि सरकार बने। सत्य मेलमिलाप आयोग अलपत्र छ। बेपत्ता पारिएका परिवारले अहिलेसम्म न्याय पाएका छैनन्। उनीहरुले न्याय पाउनैपर्छ। ’

उनले शोषित, उत्पीडित जनताको संविधान बनाउन संविधान संशोधन र परिमार्जन अत्यावश्यक भएको बताए। ‘सङ्घीयता, धर्म निरपेक्षता, समावेशी जस्ता महत्त्वपूर्ण उपलब्धि धरापमा पर्ने हो की भन्ने आशङ्का उत्पन्न भएको छ। विगतमा भएका कमजोरीलाई सच्याएर सुधार गर्नुपर्छ।’

उनले भने, ‘शोषित, उत्पीडित जनताको संविधान बनाउन संविधान संशोधन र परिमार्जन अत्यावश्यक भएको छ। सहमति कायम गरेर अघि बढाऔँ। संसद् अवरुद्ध गरेर केही उपलब्धि हुने छैन। हठहरु त्यागौँ। मुलुकको हितमा नयाँ ढङ्गले अघि बढाउ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अर्को तन्त्र हुँदैन।’

प्रतिक्रिया दिनुहोस