जापानमा भारी हिमपातका कारण १०० भन्दा बढी उडान रद्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जापानमा भारी हिमपातका कारण १०० भन्दा बढी उडान रद्द


११ पुस २०७८, आइतबार


टोकियो । देशको पश्चिमी र उत्तरपश्चिमी क्षेत्रमा भारी हिमपातका कारण जापानमा १०० भन्दा बढी उडानहरू रद्द गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

जापानी प्रसारक एनएचकेका अनुसार निप्पोन एयरवेजका ६९ र जापान एयरलाइन्सका ३५ र पीच एभिएसनका २ उडान रद्द भएका छन् । आइतबार बिहानसम्म विभिन्न प्रान्तमा ३५ इन्चसम्म हिउँ परेको मौसमविद्ले बताएका छन् ।

देशको पश्चिमी भूभागमा चिसो बढेसँगै भारी हिमपात जारी रहने अनुमान गरिएको छ ।

सोमबार सम्म, चक्रवात होन्शु टापुको केन्द्र तर्फ सर्दै छ जसले विशेष गरी कन्साई क्षेत्रमा कडा हिमपात हुन सक्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस