केन्द्रीय सुरक्षा समितिको बैठक अपरान्ह ३ बजे बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

केन्द्रीय सुरक्षा समितिको बैठक अपरान्ह ३ बजे बस्दै


११ पुस २०७८, आइतबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठक अपरान्ह ३ बजे शुरु हुनेछ ।

बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस