क्रिसमसको दिन चार हजार ५०० उडान रद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

क्रिसमसको दिन चार हजार ५०० उडान रद्ध


१० पुस २०७८, शनिबार


उडान रद्द

न्युयोर्क । विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन् ।

अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिवार यति धेरै विमान सेवा रद्ध भएको अधिकारीले जनाएका छन् ।

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले क्रिसमसकै दिनको उडान पनि रद्ध भएको हो ।

त्यसैगरी अरु हजाराँै उडानमा ढिलाइ पनि भएको उडानसम्वन्धी सूचना प्रवाह गर्ने वेभसाइड फ्लाइट अवेर डटकममा उल्लेख गरिएको छ ।

उडान रद्ध तथा ढिलाई हुँदा अमेरिकी राष्ट्रपति जो वाइडेनसहित विश्वका प्रभावशाली व्यक्तिसमेतलाई असर परेको छ ।

यसअघि गत शुक्रबार मात्रै २४ सयभन्दा बढी उडान रद्ध भएका थिए भने ११ हजारभन्दा बढी उडानमा ढिलाइ भएको थियो ।

यो समाचार तयार पार्दा सम्ममा आगामी आइतबारका लागि तय भएका ६०० भन्दा बढी उडान पनि रद्ध भइसकेका र अरु पनि धेरै रद्ध हुन सक्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस