बङ्गलादेशमा तीन तले डुङ्गामा आगलागी, ३७ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बङ्गलादेशमा तीन तले डुङ्गामा आगलागी, ३७ जनाको मृत्यु


१० पुस २०७८, शनिबार


बङ्गलादेश । बाङ्ग्लादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी भएको छ ।

उक्त डुङ्गामा आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको बताइएकाे छ। सो घटना सुगन्धा नदीमा भएको हो।

घटना भएको झाल कोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३७ वटा शव फेला पारिएको बताएका छन् ।

डुङ्गामा आगो लाग्दा कैयौँ यात्रीले नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन्। मृतकको सङ्ख्या बढ्न सक्ने र धेरैजसोको मृत्यु आगोमा जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हाम फाल्दा डुबेर मरेका छन्। डुङ्गामा ५०० जना यात्रु रहेको बताइएको छ।

के भन्छन् यात्रु ?
शुक्रवार सखारै उक्त डुङ्गामा आगलागी सुरु भएको थियो। आगलागी बिहान ३:३० बजे भएकाे बताइएकाे छ । तर आगलागीको कारण भने स्पष्ट हुन सकेको छैन। ढाकाबाट उक्त डुङ्गा रमाना भएको बखत नै सामान्यभन्दा धेरै तातो थियो। यात्रुहरूले गुनासो गरेपछि डुङ्गाका कर्मचारीहरुले कार्पेट ओछ्याइदिएका थिए। तर तातोपन बढ्दै गयो र अन्तत: डुङ्गामा आगलागी नै भयो।

घाइतेहरूलाई बरिसल सदर अस्पताल र स्थानीय अस्पतालमा लगिएको बताइएको छ। बाङ्ग्लादेशमा बारम्बार डुङ्गाको सुरक्षा स्थिति राम्रोसँग जाँच नगरिनु, सुरक्षा मापदण्डको अभाव र क्षमताभन्दा बढी यात्रु बोक्नुका कारण हुने गरेको बताइएकाे छ।

गत जून महिनामा पनि ५० जना यात्रु बोकेको डुङ्गा डुब्दा दर्जनौँ मानिस मारिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस