२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐतिहासिक रानीपोखरी कामपालाई हस्तान्तरण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले पुनः निर्मित ऐहिासिक रानीपोखरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

रानीपोखरीको पहिलो चरणको पुनः निर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी हिजो (बिहीबार) कामपालाई हस्तान्तरण गरेको हो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका हुन् । पोखरीको काम सम्पन्न भए पनि पोखरीबाहिर १० प्रतिशत काम अझैँ बाँकी छ । उक्त काम भने सहरी विकास मन्त्रालयले गर्नेछ ।

स्वामित्व हस्तान्तरण कार्यक्रमपछि प्रमुख शाक्यले रानीपोखरी पुनः निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैँले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण प्राधिकरणलाई पुनः निर्माणको जिम्मेवारी दिइएको बताए।

पुनः निर्मित ऐतिहासिक सम्पदा कामपाको स्वामित्वमा आएको भए पनि यो कामपाको मात्रै सम्पत्ति नभई राष्ट्रको सम्पत्तिको हो भन्दै महानगर उपप्रमुख हरिप्रभा खड्गीले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताइन् ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनः निर्माणको सुरुआत रानीपोखरीबाटै गरेकी थिइन् ।

रानीपोखरी पुनः निर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ साल फागुन २० गतेदेखि सुरु भएको थियो । प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले करिब ३६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै पुनः निर्माण गर्ने काम चुनौतीपूर्ण भए पनि पूरा भएको भन्दै खुसी व्यक्त गरे ।

पुनः निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनः निर्माणका लागि उपभोक्ता समितिमार्फत रु आठ करोड १५ लाख र पहिलो चरणअन्तर्गत नै सौन्दर्य अभिवृद्धि, बालगोपालेश्वर मन्दिर निर्माण, पुनः निर्माणलगायतका लागि रु १७ करोड ४५ लाख गरी करिब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिए ।

ऐतिहासिक सम्पदा निर्माणका लागि सुरुमा कामपाले पुनः निर्माण गर्ने भने पनि कहिले पुरातत्त्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनः निर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनः निर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसै बेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ ९विसं १७२५०मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७/ईसं १६७०) मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार वटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ ।

उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्र हाते गणेश स्थापना गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस