बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाखभन्दा बढी सङ्क्रमित « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाखभन्दा बढी सङ्क्रमित


८ पुस २०७८, बिहिबार


लन्डन । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका हुन् ।

यसअघि यहाँ एकै दिनमा ९६ हजार जना जतिमा यो भाइरसका सङ्क्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या हो ।

बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिन जसो सबैभन्दा धेरै सङ्क्रमितहरू देखिन थालेका छन् । यहाँका अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् ।

यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । यस कारण यहाँका कतिपय कार्यक्रमहरुमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।

यहाँ अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसै गरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ । पछिल्ला हप्ताहरुमा सङ्क्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस