२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तालिबानद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

अ+ अ-

काबुल । अफगानिस्तानको तालिबान समूहले काबुल सहरको पसलहरूको ‘साइनबोर्ड’मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

तालिबानको उक्त निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् ।

काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको कुरा टोलो न्युजले काबुल नगरपालिकाका प्रवक्ता नेमतुल्लाह बाराक्जाईलाई उद्धृत गरी लेखेको छ ।

सरकारको निर्णयको आधारमा इस्लामी नियमको विरुद्धमा रहेका फोटोहरू विज्ञापन पाटीबाट हटाइने बाराक्जाईले बताएको समाचारमा उल्लेख गरिएको छ ।

काबुलमा सौन्दर्य सैलुनका मालिकहरूले इस्लामिक इमिरेटको निर्णयको आलोचना गरे र सरकारलाई उनीहरूको व्यवसायमा प्रतिबन्ध नलगाउन पनि आग्रह गरेका टोलो न्युजले समाचारमा लेखेको छ ।

सात वर्षदेखि ब्युटी सैलुनमा काम गरी आफ्नो १० सदस्यीय परिवारलाई आर्थिक सहयोग गरिरहेको र सरकारको निर्णयले आफूलाई आर्थिक तथा व्यवसायिक सङ्कट पर्ने काबुलकी सौन्दर्य व्यवसायी शायस्ता सैफीले बताइन् ।

उनले भनिन्, ‘निर्णयले महिलाहरूको व्यवसायमाथि नै प्रतिबन्ध र नियन्त्रण गर्नेछ । आगामी केही दिनहरूमा तिनीहरूले हाम्रो पसलमा ताला लगाइदिनेछन् भन्ने त्रास बढेको छ ।’

महिला अधिकारकर्मी परवानाले सरकारको निर्णयको विरोध गर्दै प्रतिप्रश्न गनिन्, ‘महिलाको फोटो हटाई सरकारलाई के फाइदा हुन्छ ? यो महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने कामबाहेक केही होइन ।’

अन्तर्राष्ट्रिय संगठनहरूले तालिबानलाई महिलाहरूको अधिकारको उपेक्षा नगर्न र समाजबाट महिलालाई सीमान्त नबनाउन बारम्बार आह्वान गर्दै आएका छन् भने तालिबानले पनि आफ्नो पहिलेको शासनकालमा जस्तो कडा प्रस्तुत नहुने र आफ्ना शुभचिन्तक तथा विपक्षी सबैलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता प्रकट गर्दै आएको छ ।

यद्यपि तालिबान सरकारको भनाइ र कार्यशैलीमा भने भिन्नता रहने गरेको अधिकारकर्मीहरूले बताउँदै आएका छन् । उनीहरूले तालिबान समूहले आफ्नै प्रतिबद्धतालाई उल्लङ्घन गर्ने गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस