२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सकियाे दलिततर्फ केन्द्रीय सदस्यकाे मतगणना,९ मध्ये ८ जना देउवा समूहका विजयी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले मत भने अझै सार्वजनिक गरेको छैन ।

खुला केन्द्रीय सदस्यमा मानबहादुर नेपाली, प्रकाश रसाइली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल बाल्मीकी निर्वाचित भएका छन् । स्नेहीबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् । त्यस्तै खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित सबै नयाँ अनुहार हुन् ।

दलिततर्फ चार महिला केन्द्रीय सदस्यतर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् । शान्ति र रुपा केन्द्रीय सदस्यमा नयाँ अनुहार हुन् । महिलातर्फ निर्वाचित चारै जना संस्थापन समूहका उम्मेदवार हुन् ।

मंसिर २४–२७ सम्म भएको काँग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन समितिका अनुसार अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस