प्रदेश–१ लोकसेवा आयोगले खुलायो अप्राविधिक कर्मचारीको विज्ञापन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश–१ लोकसेवा आयोगले खुलायो अप्राविधिक कर्मचारीको विज्ञापन


७ पुस २०७८, बुधबार


विराटनगर। प्रदेश–१ लोकसेवा आयोगले पहिलो पटक अप्राविधिक कर्मचारीको विज्ञापन खुलाएको छ ।

स्थानीय तहमा पदपूर्तिका लागि सहायक चौथो र पाँचौं तहका लागि विज्ञापन खुला गरेको हो ।

पुस ५ गते प्रकाशित गरेको विज्ञापनमा जम्मा २७३ कर्मचारी माग गरिएको छ । आयोगले सहायक पाँचौ तहका लागि खुला तर्फ १५१ र आन्तरिक प्रतिस्पर्धामा २२ जनाका लागि विज्ञापन खुलाएको छ ।

सहायक चौथो तहमा एक सय कर्मचारी माग गरेको छ । यी कर्मचारी स्थानीय तहमा खटिनेछन् । पहिलो पटक खुला गरेको अप्राविधिक तर्फको विज्ञापनबाट छनोट भएका कर्मचारी स्थानीय तहमा खटिनेछन् ।

कृषि, भेटनरी, शिक्षा प्राविधिक, इन्जिनियरिङलगायत प्राविधिक तहका लागि विज्ञापन खुलाएको हो ।

प्रशासन सहायक, लेखा सहायक, आन्तरिक लेखा परीक्षण सहायक,महिला विकास निरीक्षक, सहायक चौथोलगायत पदका लागि विज्ञापन खुलाएको हो। आयोगको विज्ञापन अनलाइनबाट भर्न सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस