नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी


७ पुस २०७८, बुधबार


अबुजा । नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी सुरु भएको घोषणा गरिएको छ ।

देशमा डेल्टा र ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिन थालेपछि सरकारले कोरोनाभाइरसको चौथो चरणको महामारी सुरु भएको निष्कर्ष निकालेको हो ।

अफ्रिकी मुलुकहरू मध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरियामा पछिल्लो दुई हप्तामा ५०० प्रतिशतका दरले सङ्क्रमण फैलिएको छ ।

नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख इफेडायो अडेटिफाले सङ्क्रमणको दर डरलाग्दोसँग फैलिएकाले चौथो चरणको महामारीको रूपमा लिइएको जानकारी दिए ।

उनका अनुसार नाइजेरियामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख २३ हजार ८८७ जना सङ्क्रमित भएका छन् ।

कुल सङ्क्रमित मध्ये आइतबारसम्ममा दुई हजार ९८५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।

महामारी रोक्नका लागि संयुक्त प्रयासको आवश्यकता रहेको र त्यसका लागि सबैले आ आफ्नो तर्फबाट लाग्नु पर्नेमा उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस