काठमाडौँ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी बैठकमा आज दिउँसो १ बजे बस्ने संसद बैठकका कार्यसूचीबारे छलफल भइरहेको छ ।
बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई र कृष्णभक्त पोखरेल सहभागी छन् ।
एमालेले संसद बैठकमा विरोध जनाउँदै आए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने सहभागिता जनाउँदै आएको छ ।