काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् ।
सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका हुन् ।
कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने बताइएको छ ।