हुथी विद्रोहीद्वारा यमनमा नयाँ क्षेत्र कब्जा गर्ने प्रयास « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हुथी विद्रोहीद्वारा यमनमा नयाँ क्षेत्र कब्जा गर्ने प्रयास


४ पुस २०७८, आइतबार


आदेन । यमनका हुथी विद्रोहीहरुले यहाँको एक नयाँ क्षेत्र कब्जा गर्ने प्रयास गरेका छन् । उनीहरुले सरकारी सुरक्षा निकायबाट सो क्षेत्र कब्जा गर्ने प्रयास थालेका बताइएको हो ।

यमनका विद्रोहीहरुले यमनको उत्तरपूर्वी क्षेत्रमा रहेको सो अल जबाफ नामको सहर कब्जा गर्ने प्रयास गरेका हुन् । उनीहरुले सो क्षेत्र कब्जा गर्नका लागि शनिबार रातिदेखि नै निकै प्रयास थालेका थिए ।

उनीहरुले निकै नै शक्तिशाली हतियारबाट सो सहरमा आक्रमण गरेका बताइएको छ । अल जबाफ प्रान्तमा रहेको अल जबाफ सहर उनीहरुले कब्जा गर्न थालेका हुन् । उनीहरुले सो क्षेत्र निकै रणनीतिक रुपमा महत्त्वको रहेकाले आक्रमण थालेका र आफ्नो बनाउन खोजेका बताइएको छ ।

सो सहर साउदी अरेबियाको सीमा क्षेत्रमा पर्दछ । यहाँ हुथीहरुले अधिकांश क्षेत्रहरु कब्जामा लिइसकेका सैनिक स्रोतले जनाएको छ ।

सैनिक स्रोतकाअनुसार सो क्षेत्रका अधिकांश क्षेत्र कब्जामा लिइएको र त्यहाँबाट सुरक्षाकर्मीहरु पनि भागेर अन्यत्रै पुगेका पनि बताइएको छ ।

आफ्नो नाम बताउन नचाहने एक जना सैनिक अधिकारीले भने सो सहरका अधिकांश भागमा हुथीहरुले कब्जा जमाइसकेका छन् । अहिले यहाँको सेनाले साउदी अरेबियाको सहयोग रहेको छ । यहाँको सेना साउदी अरेबियाको सेनाले नेतृत्व गरेर विभिन्न हवाई कारबाही गर्ने गरेको छ ।

यसरी हुथीहरुका विरुद्धमा गर्ने गरिएको कारबाहीमा परेर कैयौँ हुथीहरुको ज्यान जाने गरेको छ । तर यो पछिल्लो आक्रमण भने हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमा क्षेत्रमा नै पुगेर गरेका बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस