धनुषाबाट करिब २० केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धनुषाबाट करिब २० केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ


४ पुस २०७८, आइतबार


जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-६ स्थित ढल्केबरबाट प्रहरीले गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायत ४ का २२ वर्षीय विजयकुमार महतो रहेका छन् ।

प्रहरीका अनुसार हिजो (शनिबार) साँझ महतोसहित पाँच जनाले बीआर ३२ के ९१२७ नम्बरको स्कार्पियोमा गाँजा बोकेर बर्दिबासबाट ढल्केबरतर्फ गइरहेका थिए । प्रहरी टोली पुग्दा उनीहरूले गाँजा सडकमा फालेर भाग्न खोजेपछि स्कार्पियो दुर्घटना समेत भएको छ ।

‘बसिखोलाको पुलको रेलिङ्गमा उक्त स्कार्पियो ठोकिन गई दुर्घटना भएपछि पाँचै जना फरार भएका थिए’, ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले भने, ‘खोजतलास गर्ने क्रममा पुलदेखि करिब ५ सय मिटर दक्षिण उखुघारीमा लुकेको अवस्थामा महतो पक्राउ परेका छन् ।’ फरार अन्यको भने खोजी जारी रहेको उनको भनाइ छ ।

उनीहरूले फ्याँकेको चार वटा सेतो प्लास्टिकको बोरामा १९ किलो ५०० ग्राम दुर्घटनामा परेको भारतीय नम्बर प्लेटको गाडीसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुवेदीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस