काठमाडौँ । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको बाँकी रहेको मतगणना सुरू भएको छ ।
आइतबार राति २३९३ मत गणना गरेर स्थगित गरेको थियो। मत गणना भर्खरैबाट सुरु भएको हो निर्वाचिन समितिले जनाएको छ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति ११ बजेसम्म गरिएको थियो । खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको छ ।
डा। शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँड, रमेश लेखक र उदयशमशेर राणा अग्रस्थानमा छन् ।