२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज दिउँसो ४ बजे सर्वदलीय बैठक बस्दै

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् ।

संसदमा जारी अवरोध, एमसीसीलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको छ ।

नेकपा एमालेले लामो समयदेखि जारी राखेको संसद्को अवरोध खुलाउने, एमसीसी पारित गर्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेर सर्वदलीय बैठक आह्वान गर्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीले एमसीसी पारितका विषयमा छलफल गर्न बैठक बोलाएको भन्ने जानकारी पाएकाले उक्त बैठकमा एमाले सहभागी नहुने बताए । एमालेले लगातार उठाएको विषयमा छलफल नगरी अर्को विषयमा छलफल गर्नुको कुनै औचित्य नरहेको उनले बताए ।

त्यसबाहेक एमसीसीमा सत्तारुढ गठबन्धनभित्रै एकमत नरहेको हुँदा आफूहरुको थप धारणा नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस