स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्रेष्ठ मन्त्रालय तानिए « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्रेष्ठ मन्त्रालय तानिए


३ पुस २०७८, शनिबार


समायोजन

काठमाडौँ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पीत कुमार श्रेष्ठ र डेपुटी कार्यकारी निर्देशक डा।शैलेन्द्र गिरी मन्त्रालयमा तानिएका छन् । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठ र गिरी मन्त्रालयमा तानिएको मन्त्री सचिवालय स्रोतले प्रशासनलाई बतायो । 

‘कामै गर्न नसकेपछि उनीहरूलाई मन्त्रालय तानिएको हो’ ती अधिकारीले भने । 

कार्यकारी निर्देशक नै मन्त्रालय तानिएपछि नयाँ नियुक्तिको प्रक्रिया भने पुनर्संरचनापछिको कानुनअनुसार नै हुने मन्त्रालयले  जनाएको छ । मन्त्रालयसँगै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको पनि पुनः संरचना गरिँदै छ । 

Tags :
प्रतिक्रिया दिनुहोस