सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले भावविभोर भएको छु : डा.कोइराला « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले भावविभोर भएको छु : डा.कोइराला


२ पुस २०७८, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताएका छन् ।

काँग्रेस परिवर्तनको पक्षमा उभिने मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख गर्दै सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएका छन् ।

कोइरालाले देउवाको सभापतिको दोस्रो कार्यकालमा काँग्रेसको गौरव पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गरेका छन् । सभापतिको निर्वाचनको मतपरिणाम आएको तेस्रो दिनपछि कोइरालाले देउवालाई बधाई दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस