जापानको एक व्यापारिक भवनमा आगलागी ,दर्जनौँको मृत्यु भएको आशङ्का « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

जापानको एक व्यापारिक भवनमा आगलागी ,दर्जनौँको मृत्यु भएको आशङ्का


२ पुस २०७८, शुक्रबार


काठमाडौँ । जापानको एक व्यापारिक भवनमा आगलागी हुँदा दर्जनौँको मृत्यु भएको आशङ्का गरिएको छ । ओशाकास्थित ८ तले भवनमा आगलागी भएको हो ।

शुक्रबार ओकाशाको सपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगो लागेको जापानको समाचार माध्यम एनएचकेले जनाएको छ । उक्त भवनको ४ औँ तलाबाट आगलागी सुरु भएको समाचारमा उल्लेख छ ।

एनएचकेका अनुसार २८ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये अधिकांशको मुटु र फोक्सोले काम नगरेको कारण मृत्यु भएको अनुमान छ।

आगलागीलत्तगै ओशाकाको मध्य भागमा अवस्थित किटावार्डमा कैयौँ अग्निनियन्त्रक बोलाइएको र ३० मिनेटभित्रै आगो नियन्त्रणमा आएको थियो ।

आगलागी हुनुको कारण हालसम्म खुलेको छैन । तर अधिकारीले आगो लगाइएको आशङ्का गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस