प्रदेश २ मा लोकतान्त्रिक समाजवादीको अवरोधकै बीच दुई अध्यादेश पेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ मा लोकतान्त्रिक समाजवादीको अवरोधकै बीच दुई अध्यादेश पेश


२९ मंसिर २०७८, बुधबार


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुल प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् ।

अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए । लोसपा सांसदको अवरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित गरेका सभामुख सरोजकुमार यादवले त्यसपछिको बैठकमा भने विरोधकै बीच अध्यादेश पेश गर्न दिए ।

अब प्रदेशसभाको बैठक पुस ८ गते (बिहीबार)बस्ने सभामुख यादवले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस