२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री राई सरकारी निवासमा

अ+ अ-

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आजदेखि सरकारी निवासमा सरेका छन् ।

उनी विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइको भवनमा आवासका लागि सनै लागेका हुन् । यसअघि उनी विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृह बसेका थिए ।

सो अवसरमा मुख्यमन्त्री राईले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सरकारी व्ययभार कम गर्न आफू सरकारी निवासमा बसोबासको व्यवस्था गरेको बताए । उनले भने, ‘विगतका मुख्यमन्त्रीले होटल तथा बहालको घरमा बस्ने गरेकोमा आफू सरकारी व्ययभार कम गर्न सरकारी निवासमा बसोबासको व्यवस्था मिलाएको छु ।’

मुख्यमन्त्री राईले मासिक रु चार लाख भाडा तिर्ने गरी मुख्यमन्त्रीका लागि लिएको काठमाडौँस्थित सम्पर्क कार्यालय बन्द गर्ने पनि बताए ।

सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले सतारुढ गठबन्धन दलको महाधिवेशन समाप्त भएकाले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।

मुख्यमन्त्री राईले आवश्यकताका आधारमा नौ देखि ११ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्ने जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस