गृहमन्त्री खाँण किन पुगे सिंह निवास चाक्सीबारी ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गृहमन्त्री खाँण किन पुगे सिंह निवास चाक्सीबारी ?


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण सभापतिका प्रत्याशी नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् ।

पहिलो चरणमा सभापतिमा कसैले पनि बहुमत पुर्‍याउन नसक्दा खाँण सिंह निवास पुगेका हुन् ।

सभापतिका प्रत्याशी शेरबहादुर देउवाले बहुमत प्राप्त गर्ने सम्भावना कम हुँदै जाँदा देउवाले सिंहलाई आफ्नो पक्षमा पार्न खाँणलाई चाक्सीबारी पठाएको स्रोतले जनाएको छ ।

देउवाले ८२ भोटले बहुमत पुर्‍याउन सकेनन् । कुल खसेको ४६७९ मतमध्ये देउवाले २२५८ मत, शेखर कोइरालाले १७२९ मत, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस