३१८१ मत गनिसक्दा देउवालाई १५०६, कोइरालालाई ११७८ मत प्राप्त « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

३१८१ मत गनिसक्दा देउवालाई १५०६, कोइरालालाई ११७८ मत प्राप्त


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा अहिलेसम्म ३१८१ मत गणना हुँदा देउवाले १५०६ मत पाएका छन् भने, शेखर कोइरालाले ११७८ , प्रकाशमान सिंहले २५४ मत र विमलेन्द्र निधिले १७३ मत प्राप्त गर्दा कल्याण गुरुङले १५ मत मात्र प्राप्त गरेका छन् ।

मतगणना मंगलबार बिहान पौने ४ बजेदेखि सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको छ ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस