कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति


२७ मंसिर २०७८, सोमबार


मान्म । जिल्ला प्रशासन कार्यालय कालिकोटले कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति दिएको छ ।

कर्णाली राजमार्गदेखि कर्णाली करिडोरका सहायक मार्गमा यातायात सञ्चालन गर्न अनुमति दिएको हो ।

जिल्ला प्रशासन कार्यालय कालिकोटले कर्णाली राजमार्ग र कर्णाली करिडोरबाट यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि अबका दिनमा जिल्ला सदरमुकाम मान्म, सुर्खेत र नेपालगन्जलगायत ठाउँबाट मजौला खालका सवारी साधन सिधै गाउँ–गाउँमा पुग्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कालिकोटले यातायात समितिका पदाधिकारी, राजनीतिक दल, सरोकारवालासँग छलफल गरेर जिल्लाको सदरमुकाम मान्मदेखि शुभकालिका गाउँपालिकाको भर्ता, नरहरिनाथ गाउँपालिका–८ र ९ लालु, वडा नं १,२ र ३ कोडवाडा–कुमालगाउँ, सान्नी त्रिवेणी गाउँपालिका–६, ७ मेहलमुडी, घाटाचौर, पलाँता गाउँपालिका, रास्कोट नगरपालिकाका स्थानीय सडकमा सार्वजनिक यातायातका साधन सञ्चालनका लागि अनुमति दिने निर्णय गरेका छन् ।

नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका र शुभकालिका गाउँपालिकामा यातायातका साधन सञ्चालनको अनुमति नहुँदा यात्रुले सास्ती खेप्नुपरेको र यात्रुलाई सिधै गाउँ–गाउँमा पुग्न सजिलो होस् भनेर साना तथा मझौला खालका यातायातका साधन सञ्चालनका लागि अनुमति दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

कर्णाली करिडोरको खुलालु पुल बनेको र सुर्खेत, नेपालगन्ज, मान्मलगायतका ठाउँबाट सिधै कर्णाली करिडोरमा गाडी सञ्चालन गरे पनि वैधानिक रुपमा यातायातका साधन सञ्चालन हुन सकेको थिएन ।

शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका र पलाता गाउँपालिकामा नियमित रुपमा यातायात सञ्चालन गर्ने अनुमति दिइएको र बिहान गाडी छुट्ने र बेलुकी सोही गन्तव्यमा फर्किने गरी यातायातका साधन सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस