काँग्रेसको चुनावमा फाेटाे पत्रकारको क्यामेरा डाउन « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

काँग्रेसको चुनावमा फाेटाे पत्रकारको क्यामेरा डाउन


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको निर्वाचन समितिले सञ्चारकर्मीलाई बाहिर निकाल्न खोजेपछि फोटो पत्रकारले क्यामेरा डाउन गरेका छन् ।

निर्वाचनस्थल राष्ट्रिय सभागृहमा काँग्रेस महाधिवेशनको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई निर्वाचन समितिले बाहिर निकाल्न खोजेपछि सञ्चारकर्मीहरूले क्यामेरा डाउन गरेर विरोध गर्दै भुइँमा बसेका हुन् ।

सञ्चारकर्मीलाई सुरक्षाकर्मीले समाचार संकलन गर्न नदिएर बाहिर निकाल्न धकेलेको गुनासो गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस