२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गाको राजस्व सङ्कलनमा वृद्धि: अभिलेखीकरण सुरक्षाका लागि बजेट अभाव

अ+ अ-

नवलपुर । नवलपरासी–बर्दघाट–सुस्तापूर्वमा जग्गाको रजिस्ट्रेसनमा वृद्धि भएको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिना जग्गा रजिस्ट्रेसनमा वृद्धि भएको मालपोत कार्यालय कावासोतीले जनाएको छ ।

चालु आवको कात्तिक मसान्तसम्म जिल्लामा चार हजार ५७९ वटा जग्गाको रजिस्ट्रेसन भएको कार्यालयका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले जानकारी दिए ।

उनका अनुसार चालु आवको पहिलो चार महिनामा तीन हजार ८२७ जनाले जग्गाको लालपुर्जा धितो राखेर ऋण लिएका छन् । गत आर्थिक वर्षमा आठ हजार ९३६ वटा जग्गाको रजिस्ट्रेसन भएको थियो भने सो अवधिमा नौ हजार १७९ जनाले जग्गा धितो राखेर ऋण लिएको थियो ।

जग्गाको कारोबारबापत मालपोत कार्यालय कावासोतीले चालु आवको पहिलो चौमासिकमा रु ११ करोड ८० लाख १७ हजार १९९ राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले घरजग्गा रजिस्ट्रेसन बापत रु नौ करोड ४४ लाख एक हजार १९९, अन्य प्रशासनिक सेवा शुल्कबापत रु दुई करोड २७ लाख १३ हजार २७५ तथा अन्य राजस्व शीर्षकमा रु नौ लाख दुई हजार ७२५ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख दौल्यालले जानकारी दिए ।

उनका अनुसार सङ्कलित राजस्वमध्ये घरजग्गा रजिस्ट्रेसन दस्तुरको ६० प्रतिशत रकम सम्बन्धित स्थानीय तह र ४० प्रतिशत दस्तुर प्रदेश सरकारलाई जान्छ ।

‘हाम्रो काम राजस्व सङ्कलन गर्ने र तीनै तहका सरकारलाई बुझाउने मात्रै छ’, कार्यालय प्रमुख दौल्यालले भने, ‘घरजग्गा रजिस्ट्रेसनको दस्तुर जुन पालिकाको घरजग्गा रजिस्ट्रेसन गरिएको सोही पालिकालाई ६० प्रतिशत जान्छ बाँकी ४० प्रतिशत रकम प्रदेश सरकारलाई बुझाउँछौँ ।’

उनका अनुसार पुँजीगत लाभकर सिधै अर्थ मन्त्रालयको खातामा जान्छ भने अन्य राजस्व र प्रशासनिक सेवा शुल्क प्रदेश सरकारको खातामा जम्मा गर्नुपर्ने हुन्छ । कार्यालयले करोडौँ राजस्व सङ्कलन गर्दा पनि कार्यालयले खर्च गर्न नपाउँदा लिखतहरुको सुरक्षामा समस्या आएको प्रमुख दौल्यालको भनाइ छ ।

‘हाम्रो अभिलेखीकरण सुरक्षाका लागि कुनै पनि सरकारले बजेटको व्यवस्था गरेको छैन’, उनले भने, ‘यहाँ दर्ता हुने लिखतहरुसहित महत्त्वपूर्ण कागजपत्रको सुरक्षाका लागि कतैबाट पनि बजेट आउँदैन ।

हाम्रो आन्तरिक आम्दानी सबै बुझाउनुपर्छ तर यी महत्त्वपूर्ण कागजपत्र सुरक्षित गरेर राख्नै कठिन अवस्था सिर्जना भएको छ ।’ अभिलेखीकरण सुरक्षाका लागि पनि सरकारले समन्वय गरेर बजेट छुट्याइ दिनुपर्ने उनको भनाइ छ ।

कार्यालयले गत आवमा जग्गा रजिस्ट्रेसन, पुँजीगत लाभकर, धितो बन्धक, पुर्जा बिक्री गरी जम्मा रु ४० करोड ७३ लाख ६ हजार ८७२ राजस्व सङ्कलन गरेको थियो ।

सो अवधिमा कार्यालयले जग्गा रजिष्ट्रेशनबापत रु ३३ करोड १८ लाख ७७ हजार २३८, पुँजीगत लाभकरबापत रु १५ लाख ३२ हजार, दृष्टि बन्धक (धितो) बापत रु सात करोड २१ लाख ४५ हजार ४००, पुर्जा बिक्रीबापत दुई लाख १२ हजार ५०० तथा अन्य कर बापत रु ३० लाख ७१ हजार ७८४ राजस्व सङ्कलन गरेको प्रमुख मालपोत अधिकृत दौल्यालले बताए ।

उनका अनुसार महिला, एकल महिला, दलित, शहीद परिवार, ज्येष्ठ नागरिक, अपाङ्ग, सरकारी निकायलगायतको नाममा घरजग्गा रजिस्ट्रेसन गर्दा नियमानुसार २५ देखि ७५ प्रतिशतसम्म राजस्व छुट हुन्छ ।

त्यसै गरी कुनै व्यक्तिले जग्गाको कारोबार गर्दै आएकामा उसले जग्गाको बिक्रीबापत कमाएको आम्दानीबाट सरकारलाई पुँजीगत लाभकर तिर्नुपर्छ । जग्गाको कारोबार गर्ने व्यक्तिले जग्गा किनेको मूल्य र बिक्री गरेको मूल्यमा हिसाब गरेर नाफा गरेको रकमको २.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म पुँजीगत लाभकर तिर्नुपर्ने प्रमुख मालपोत अधिकृत दौल्यालले बताए ।

‘पुँजीगत लाभकर जग्गा बिक्री गर्ने व्यक्तिले तिर्ने हो’, उनले भने, ‘जग्गा किनेर पाँच वर्ष नपुग्दै बिक्री गरेको अवस्थामा ५ प्रतिशत तथा पाँच वर्षपछि बिक्री गरेको अवस्थामा २.५ प्रतिशत पुँजीगत लाभकर सरकारलाई तिर्नुपर्छ ।’