बङ्लादेशमा पनि भेटियो ओमिक्रोनको सङ्क्रमण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बङ्लादेशमा पनि भेटियो ओमिक्रोनको सङ्क्रमण


२५ मंसिर २०७८, शनिबार


ढाका । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण बङ्लादेशमा पनि पुष्टि भएको छ ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार बङ्लादेशमा पनि ओमिक्रोनबाट सङ्क्रमित पहिलो दुई बिरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री जहिद मालेक्युले सङ्क्रमित हुनेमा दुई महिला खेलाडी रहेको जानकारी दिए । विदेशमा भएको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएको बङ्लादेशका क्रिकेट खेलाडिहरुको समूहका सदस्यहरु सङ्क्रमित भएका हुन् ।

सङ्क्रमित भएका खेलाडि जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुलाई अहिले ढाकास्थित होटल आइसोलेशनमा राखेर उच्च सतर्कताका साथ उपचार गराइएको पनि अधिकारीहरुले जनाएका छन् । उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुले उनीहरुको अवस्थास्थिर रहेको जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस