२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गरौँः मुख्यमन्त्री भट्ट

अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हामीले आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गर्न सक्यौँ भने त्यसले समग्र प्रदेशको विकासमा फाइदा हुने बताएका छन् ।

आजदेखि सञ्चालनमा आएको अत्याधुनिक फर्निचर उद्योग आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडको धनगढीमा आयोजित उद्घाटन समारोहमा उनले आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गर्न सके त्यसले सुदूरपश्चिमभरि नै फाइदा हुने र सबैले त्यसको उपभोग गर्न पाउने बताए ।

‘एउटा युवा विद्यालय वा कलेजमा पढाइ, लेखाइ गरी जागिरका लागि दौडधुप गर्दछ, यदि जागिर पाउँदैन भने निराश भएर बस्ने होइन कि उसले सानै भए पनि एउटा व्यवसाय सञ्चालन गर्नुपर्दछ’, मुख्यमन्त्री भट्टले भने, ‘उसले व्यवसाय सञ्चालन ग¥यो भने उसको आफ्नो आर्थिक स्तर मात्र माथि नउठी अन्य दुई–चार व्यक्तिले समेत रोजगार पाउँछन्, त्यसकारण त्यतापट्टि पनि लाग्न आवश्यक देखिन्छ ।’

उनले हाम्रो देशमा प्रायः अधिकांश मान्छे तथा युवाको स्कुल, कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्दै जाँदा सबैको एउटै मात्र जागिर गर्नुपर्दछ भन्ने सोच बनेको हुन्छ, तर जागिरले मात्रै धेरै चीजको समस्या समाधान नहुने धारणा व्यक्त गरे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले निजी क्षेत्र रोजगार निर्माणको एउटा मेरुदण्डका रुपमा रहेकाले यसलाई सबैले हौसला प्रदान गर्नुपर्ने आवश्यक रहेको बताए ।

आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडका अध्यक्ष भोजराज भट्टले घर डेकुरेसन तथा विभिन्न आधुनिक फर्निचर यस क्षेत्रमै उत्पादन गरेर यहीँबाट नै रोजगारीको सिर्जना गर्ने उद्देश्य रहेको बताए । उक्त फर्निचर उद्योगको लागत १० करोड रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस