सरकारले सहमति कार्यान्वयन नगर्दा समस्या : चन्द « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सरकारले सहमति कार्यान्वयन नगर्दा समस्या : चन्द


२४ मंसिर २०७८, शुक्रबार


विप्लव

किमाथाङ्का । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन् ।

हिजो (बिहीबार) बन्दी कार्यकर्ता भेटघाट गर्न सङ्खुवासभाको खाँदबारी कारागार पुगेका महासचिव चन्दले सरकार सहमति कार्यान्वयनमा उदासीन रहेको आरोप लगाए ।

तीन बुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले सहमति कार्यान्वयन गर्नेमा आफू आशावादी रहेको बताए ।

बन्दी गृहका नेता कार्यकर्ता रिहा गर्न सत्तारुढ दलका प्रमुख सकारात्मक भएपनि पहल गर्न कोही अग्रसर नभएको उनको भनाइ थियो । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २० गते तीन बुँदे सहमति भएको थियो ।

बन्दीको रिहाइ र मुद्दा खारेजीका लागि सत्तारुढ दलका प्रमुखसँग पुनः छलफल गर्ने उनले बताए । नेपाली काँग्रेसमासमेत समाजवादको बहस सुरु भएकाले समाजवाद पक्षका कम्युनिस्ट पार्टी एक हुनुको विकल्प नभएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस