पौडेल समूहमा साझा उम्मेदवार तयार गर्न जुटेन सहमति, बिहीबार पुन छलफल गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पौडेल समूहमा साझा उम्मेदवार तयार गर्न जुटेन सहमति, बिहीबार पुन छलफल गर्ने


२२ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुधबार साँझसम्म साझा उम्मेदवार चयन गर्ने भने पनि आकांक्षीहरूका बीचमा सहमति जुट्न सकेन । नेताहरू साझा उम्मेदवार तयार गर्न चार दिनदेखि निरन्तर छलफलमा रहेका छन् । आज साँझ पनि नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसका थिए । नेताहरू भोली (बिहीबार) बिहान ८ बजे पुनः छलफलमा बस्ने भएका छन् ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार सभापतिका आकांक्षी नेता प्रकाशमान सिंहले आफैँ सभापतिको उम्मेदवार हुनुपर्ने दाबी छाडेका छैनन् । पौडेल र कोइरालाहरूले भने छलफल गरेर अघि बढ्न सकिने भनेका छन् ।

नेता सिंहले आफ्नो दाबी नछाडेपछि बैठकमा तनावको अवस्थासमेत बनेको थियो । नेता घिमिरेले आकांक्षीहरू बाहेकका केन्द्रीय सदस्यहरू बिहीबार बिहान छलफलमा बस्ने, त्यो छलफलको निर्णयअनुसार नेताहरूलाई सुझाव दिने, र नेताहरूले निर्णय लिने सहमति भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस