२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रकवि डा. घिमिरेको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशित

अ+ अ-

काठमाडौँ । राष्ट्रकवि डा माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप उनको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ । राष्ट्रकवि घिमिरेले नेपालको राष्ट्रिय गौरवलाई उचाइमा पुर्‍याउन दिएको अतुलनीय योगदानको उच्च कदर गर्दै आज सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो हुलाक टिकटमा टाँचा प्रदान गरे ।

विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा बुवा गौरीशङ्कर उपाध्याय घिमिरे तथा आमा द्रौपदीदेवी घिमिरेको कोखबाट जन्मिएको राष्ट्रकवि घिमिरेको २०७७ साल भदौ २ गते निधन भएको थियो । राष्ट्रकवि घिमिरेको जीवनकालमै प्रकाशनमा ल्याउने सरकारको २०७६ चैत ९ गतेको निणर्यबमोजिम हुलाक सेवा विभागबाट १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याउन अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट छपाइ भई परीक्षण र प्रकाशनको तयारीमा रहँदारहँदै गत भदौ २ गते स्वर्गारोहण भएको थियो । स्वर्गारोहण भए पनि विभागले राष्ट्रपति घिमिरेको उच्च सम्मान गर्दै टिकट प्रकाशनमा ल्याएको जानकारी दिए ।

नेपाली साहित्यको स्वच्छन्दतावादी भावधारा तथा परिष्कारवादी शैलीका काव्य, खण्डकाव्य, गीतिकाव्य, गीतिनाटक, बालसाहित्य तथा अनुवादको उच्चस्तरीय एवं बहुसङ्ख्यक अतुलनीय साहित्यिक कृतिको सिर्जनाद्वारा नेपाली साहित्यको श्रीवृद्धिमा अनवरत योगदान गर्नुभएका घिमिरे राष्ट्रप्रमुखबाट २०६० साल असोज ८ गते राष्ट्रकविको उपाधिद्वारा सम्मानित भएका थिए ।

सोही अवसरमा मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेले कवितामार्फत नेपाल र नेपालीले देखेका सपना पूरा गर्न सबै आआफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे । मन्त्री कार्कीले भने, ‘राष्ट्रकवि घिमिरे जतिञ्जेल यो धर्तीमा रहनुभयो, उहाँ सबैको प्रिय बन्नुभयो, सबैको प्ररणाको स्रोत बन्नुभयो, स्वर्गारोहणपछि पनि सबैको प्रेरणाको स्रोत हुनुहुन्छ, उहाँ कालजयी हुनुहुन्छ, पुस्तौँपुस्तासम्म उहाँको सस्मरण रहिरहनेछ, त्यसलाई अझै ताजा स्मरण गराउनका निमित्त हामीले हुलाक टिकट प्रकाशन गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस