२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोप अभियानलाई तीव्रता दिइनेछ : मन्त्री खतिवडा

अ+ अ-

नुवाकोट । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताएका छन् । आज त्रिशूली अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री खतिवडाले कुनै पनि सङ्कोच नमानी कोरोना भाइरसविरुद्धको खोप लगाउन नागरिकलाई आग्रह गरेका छन् ।

मन्त्री खतिवडाले सरकारले १८ वर्षमुनिका लागि पनि एक करोड डोज खोप ‘बुक’ गरिसकेकाले विद्यालयमा नै खोप केन्द्र बनाएर बालबालिकालाई खोप प्रदान गर्ने योजनामा रहेको बताए । उनले देशभर १६ हजार खोप केन्द्र स्थापना गरी कोभिड–१९ विरुद्धको खोप जनतालाई लगाउने तयारी भइरहेको बताए ।

“हरेक नागरिकलाई खोप लगाउने सरकारको योजनालाई साकार पार्दैछौँ”, मन्त्री खतिवडाले भने, ‘नेपाली नागरिकलाई पुग्ने गरी खोप ल्याएका छौँ । साढे तीन करोड डोज खोप पाइपलाइनमा रहेको छ ।’ मन्त्री खतिवडाले नागरिकलाई बुष्टर डोजको खोप केही दिनमा नै सुरुआत गरिनेसमेत बताएका छन् । ‘दुई डोज खोप लगाइसकेकालाई बुष्टर डोज खोपको लागि मन्त्रिपरिषद्मा छलफल भएको छ । केही दिनमा नै त्यसको निर्णय हुनेछ’, मन्त्री खतिवडाले भने ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशभित्र रहेको जिल्ला अस्पतालको निरीक्षण गरेर आवश्यकता पहिलाउँदै समाधानको बाटोमा जाने बताए । उनले गुणस्तरीय सेवा प्रवाह गर्नलाई प्रदेश सरकारबाट गर्नुपर्ने सबै प्रकारको सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै त्रिशूली अस्पतालमा पाँच शय्याको डायलासिस कक्ष स्थापना गर्ने चरणमा रहेकोसमेत जानकारी दिए ।

कोरियन सहयोग नियोग (कोइका)ले सहयोगमा ५० शय्याको अस्पताल निर्माण भएको हो । भूकम्पपछि अस्पतालमा सबै संरचना भत्किएपछि टेन्टबाट सेवा दिँदै आएको अस्पतालको नयाँ भवन डेढ वर्षअघि निर्माण सम्पन्न भएको थियो । अस्पताल ५० शय्याको भए पनि १२० शय्या राखेर सेवा प्रवाह हुँदै आएकाले अस्पतालको शय्या सङ्ख्या बढाउन पर्ने अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले बताए ।

विसं २०२१ मा त्रिशूली जलविद्युत् निर्माणको क्रममा कामदारको उपचारको लागि स्थापना गरिएको स्वास्थ्यचौकी नै २०३२ सालबाट सर्वसाधारणको लागि उपचार गर्ने अस्पताल बनाइएको हो । २५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताल २०६९ सालबाट ५० शय्यामा विस्तार गरिएको हो । नुवाकोटको साथै धादिङ र रसुवा जिल्लाका बिरामीको लागि त्रिशूली अस्पताल उपचारको केन्द्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस