एक सय शय्याको अस्पताल हुनेले नर्सिङ पठाउन पाउने : मन्त्री पौडेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एक सय शय्याको अस्पताल हुनेले नर्सिङ पठाउन पाउने : मन्त्री पौडेल


२१ मंसिर २०७८, मंगलबार


चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताएका हुन् ।

आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एक सय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएको छ भन्दै उनले भने, ‘मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउँछन् । अन्यको हकमा भने छलफल भइरहेको छ ।’

मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो ।

पिसिएल नर्सिङको अध्ययन विसं २०८० बाट खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस