राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी


१९ मंसिर २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।

आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।

उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।

लिङ्देनले सुरुदेखि नै मतगणनामा अग्रता लिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस