भक्तपुरका चार नगरमा माओवादी केन्द्रको नयाँ नेतृत्व « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भक्तपुरका चार नगरमा माओवादी केन्द्रको नयाँ नेतृत्व


१८ मंसिर २०७८, शनिबार


भक्तपुर । भक्तपुरका चार नगरमा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका भक्तपुर, चाँगुनारायण, मध्यपुरथिमि र सूर्यविनायक नगरको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

जिल्ला कमिटीका अध्यक्ष देवीप्रसाद ढकालका अनुसार भक्तपुर नगर कमिटीको अध्यक्षमा राकेश सुवाल, उपाध्यक्षमा राजेश्वरी शिल्पकार, श्रीराम सुवाल र नारायण त्वयना, सचिवमा कृष्णप्रसाद ह्याङ्गो, सहसचिवमा विकास कोजु र कोषाध्यक्षमा कृष्णमान वनमाला सर्वसहमत चयन भएका हुन्।

यस्तै चाँगुनारायण नगर कमिटीको अध्यक्षमा नरेश खड्का, उपाध्यक्षमा रामकुमार तामाङ, विनोद लामिछाने र सुमन दाहाल, सचिवमा चण्डिका लामिछाने, सहसचिवमा श्याम श्रेष्ठ र कोषाध्यक्षमा जगन्नाथ खत्रीलाई चयन गरिएको छ । मध्यपुरथिमि नगर कमिटीको अध्यक्षमा विजयकृष्ण श्रेष्ठ, उपाध्यक्षमा राजन आलेमगर, भरत द्योँ र विकेश श्रेष्ठ, सचिवमा शिव श्रेष्ठ, सहसचिवमा कृष्णमान प्रजापति र कोषाध्यक्षमा जगतमाया प्रजापतिलाई सर्वसम्मत चयन गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

यसैगरी सूर्यविनायक नगर कमिटीको अध्यक्षमा सानुकान्छा आलेमगर, उपाध्यक्षमा जोवन तामाङ, राजेन्द्र कार्की र जुजुभाइ राजथला, सचिवमा सनिश लागेजु, सहसचिवमा नरेश वाइवा र कोषाध्यक्षमा मीना कार्कीलाई चयन गरिएको छ । पार्टीको विधानअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्षसहित ६५ जनाको कार्यसमिति गठन गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस