२४ घण्टामा थप २४६ जनामा कोरोना पुष्टि, ३४७ जना संक्रमणमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा थप २४६ जनामा कोरोना पुष्टि, ३४७ जना संक्रमणमुक्त


१७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । ६ हजार ४०० जनाको पिसिआर परीक्षण र १४३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ७१६ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ।

सो अवधिमा मृतकको संख्या भने शून्य रहेको छ । नेपालमा हाल ६ हजार ९२१ जना सक्रिय संक्रमित छन्।

Tags :
प्रतिक्रिया दिनुहोस