आज सुनको मूल्यमा स्थिर, चाँदीको मूल्य ११ सयले घट्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज सुनको मूल्यमा स्थिर, चाँदीको मूल्य ११ सयले घट्यो


१६ मंसिर २०७८, बिहिबार


सुन

काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । गत बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको हो । तर, यता चाँदीको मूल्यमा भने बिहीबार गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै एक हजार १९० रुपैयाँमा झरेको हो । गत बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुनको मूल्य पनि गत बुधबारकै मूल्य कायम हुँदै आज ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस