एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण सौराहामै हुने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण सौराहामै हुने


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ ।

नेकपा एमाले नेता विष्णु रिजालका अनुसार दसौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथग्रहण सौराहामै हुने भएको हो ।

यतिबेला बिहान सम्पन्न भएको निर्वाचनको मतगणना भइरहेको छ । निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।

एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो ।

निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताए ।

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस