कांग्रेसले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेसले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका आज सार्वजनिक गरेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यही मङ्सिर २४ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मङ्सिर २६ गते बिहान ८ देखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने तथा जाँचबुझ गर्ने कार्यतालिका छ ।

यसैगरी, मङ्सिर २६ गते १० देखि १२ बजेसम्म सो उपर निर्णय गर्ने, दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) पहिलो नाम प्रकाशित गर्ने, दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म मनोनयन फिर्ता लिने, साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु गर्ने समितिले जनाएको छ ।

यसैगरी, समितिले मङ्सिर १६ गतेदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका पनि तय गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनलेअनुसार मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सो उपर निर्णय गर्ने कार्यतालिका छ ।

मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) पहिलो नाम प्रकाशित गर्ने, मङ्सिर १७ गते साँझ ६ः३० मनोनयन फिर्ता लिने, मङ्सिर १७ गते साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते बिहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुनेछ ।

कांग्रेसले प्रदेश अधिवेशन यही मङ्सिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म तोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस