रूखबाट लडेर गम्भीर घाइते भएका शिक्षकको हवाई उद्धार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रूखबाट लडेर गम्भीर घाइते भएका शिक्षकको हवाई उद्धार


१३ मंसिर २०७८, सोमबार


गलकोट । रूखबाट लडेर गम्भीर घाइते भएका बागलुङको बडिगाड गाउँपालिका–८ पुरानो गाउँ किटानी माविका ५४ वर्षीय शिक्षक टकबहादुर काउछालाई हवाई उद्धार गरिएको छ ।

घर नजिकैको रूखमा तरकारी (इस्कुस) टिप्ने क्रममा लडेर घाइते भएका काउछालाई भीमगिठे स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणि कँडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस