चितवन । नेकपा (एमाले)को १० औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएकाको प्रारम्भिक नामावलीको सूची सार्वजनिक भएको छ।
अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबिच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुल्लातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष ओलीले सर्वसम्मतिका लागि भन्दै बन्दसत्र हलमा पेस गरेको सूचीभन्दा बाहिर घनश्याम भुसालले उम्मेदवारी दिएपछि उपाध्यक्ष पदमा निर्वाचन हुन लागेको हो।
त्यसै गरी सचिव पदमा पनि ७ जनाको पदमा ९ जनाको उम्मेदवारी परेको छ ।
सूची :