बढ्यो देशभर चिसो, केही स्थानमा हल्का हिमपातको सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बढ्यो देशभर चिसो, केही स्थानमा हल्का हिमपातको सम्भावना


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले देशभर चिसो बढ्ने क्रम समेत रहेकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। भने, देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको र पहाड तथा तराईको थोरै भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

यसैगरी, दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Tags :
प्रतिक्रिया दिनुहोस