काँग्रेसको काभ्रे सभापतिमा तीर्थ लामा विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेसको काभ्रे सभापतिमा तीर्थ लामा विजयी


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको काभ्रे जिल्ला सभापतिमा तीर्थ लामा विजयी भएका छन् । उनी संस्थापन समूहका हुन् ।

दोस्रो संविधान सभा सदस्य रहेका लामाले सभापतिमा संस्थापनइतर समूहका उम्मेदवार अच्यूत पौडेललाई पराजित गरेका हुन् । निर्वाचनमा दुई हजार ४६८ मत खसेकोमा लामाले एक हजार ६४६ मत पाए भने पौडेलले ७७० मत पाएको निर्वाचन समितिले जनाएको छ ।

काभ्रेमा संस्थापन समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको थियो । काभ्रेका पूर्वजिल्ला सभापति एवं केन्द्रीय सदस्य शिव हुमागाईले लामालाई सभापतिमा समर्थन गरेका थिए ।

हुमागाईं काभ्रे कांग्रेसमा प्रभावशाली नेता मानिन्छन् । उनी सिटौला समूहका नेता हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस