सहमतिमा कार्यसमिति घोषणा गर्न छलफलमा ओली « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सहमतिमा कार्यसमिति घोषणा गर्न छलफलमा ओली


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पदाधिकारीसहित १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटी सहमतिमै टुंग्याउन छलफल थालेका छन् ।

उनले पार्टीका शीर्ष नेताहरुलाई आइतबार आफू बसेकै होटलमा बोलाएर छलफल गरिरहेका छन् ।

अध्यक्ष ओलीले अध्यक्ष पदका दाबेदार तथा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा रहेका नेता भीम रावलसँग पनि वार्ता गर्ने भएका छन् । केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम घोषणा नगरे पनि रावलले आफ्नो उम्मेदवारीका सम्बन्धमा प्रचार प्रसार गर्दै आएका छन् ।

पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबारे सहमति जुटाएर आइतबार छोटो बन्दसत्र कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । बन्दसत्र करिब आधा घण्टामात्रै हुनेगरी तयारी भएको बताइएको छ ।

आइतबार बन्दसत्रले ओलीलाई नै पदाधिकारी र केन्द्रीय सदस्यको प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो । तर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका रावलले निर्वाचन हुनुपर्ने भन्दै आफ्नो पक्षमा प्रचार प्रसार थालेपछि निर्वाचन हुने कि नहुने भन्नेमा अन्योल बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस