जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ जना घाइते


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । जाजरकोटमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बस राति २ बजे दुर्घटनामा परेको बताइएको छ । बसमा ३२ जना यात्रु सवार थिए। घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस