कोभिडका कारण छुटेका १२ कक्षाका विद्यार्थीको मंसिर १६ गतेबाट पुन: परीक्षा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोभिडका कारण छुटेका १२ कक्षाका विद्यार्थीको मंसिर १६ गतेबाट पुन: परीक्षा


१० मंसिर २०७८, शुक्रबार


काठमाडौँ । कोभिड-१९ संक्रमण भई कक्षा १२ को परीक्षा दिन नपाएका विद्यार्थीले यही मंसिर १६ गतेबाट पुन: परीक्षा दिन पाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले उनीहरूका लागि भौतिक उपस्थितिमा परीक्षा दिने व्यवस्था गरेको जनाएको छ। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले १६ गतेबाट परीक्षा सञ्चालन गर्ने गरी सबै जिल्लाका विद्यालयलाई जानकारी गराइसकेको बताए।

कोभिडले रोकिएको १२ को परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई असोज ८ गते सकिएको थियो। बोर्डका अनुसार देशभरका ४१ जना विद्यार्थीले त्यो वेला कोभिड भएका कारण परीक्षा दिन पाएका थिएनन्।

कक्षा १२ को परीक्षा दिइसकेका विद्यार्थीहरूको नतिजा यही मंसिर मसान्तसम्म प्रकाशित गर्ने बोर्डले तयारी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस