२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकमलाई फाइभजी परीक्षणको स्वीकृति

अ+ अ-

काठमाडौँ। नेपाल टेलिकमले पाँचौँ पुस्ताको मोबाइल प्रविधि ‘फाइभजी’ परीक्षण गर्ने स्वीकृति पाएको छ ।

टेलिकमको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको गत हप्ता बसेको सञ्चालक समितिको बैठकले परीक्षण गर्न दिने निर्णय गरेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

प्राधिकरण बोर्डले परीक्षणको अन्तिम स्वीकृति दिनु पूर्व नै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षता रहने रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नेपाल टेलिकमलाई फाइभजी परीक्षण गर्न दिने निर्णय गरेको थियो ।

समितिको निर्णयपछि प्राधिकरणले गत साउनमा ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि २०७८’ जारी गर्दै कानुनी बाटो खुला गरेको थियो । कार्यविधिमा फाइभजी परीक्षणका प्रावधान उल्लेख गरिएको छ ।

जसअनुसार परीक्षणको अनुमति पाउने दूरसञ्चार सेवा प्रदायकले एक वर्षसम्मका लागि दस्तुर छुटमा फ्रिक्वेन्सी पाउनेछन् र उक्त समयपछि फ्रिक्वेन्सी र प्रयोग गरिएका उपकरण प्राधिकरणलाई फिर्ता गर्नुपर्ने हुन्छ ।

प्राधिकरण बोर्डले टेलिकमलाई २६ सय मेगाहर्ज ब्यान्डमा फाइभजी परीक्षणका लागि ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए । उक्त फ्रिक्वेन्सी टेलिकमले परीक्षण अवधि सकिएपछि भने प्राधिकरणलाई नै फिर्ता गर्नुपर्नेछ ।

बोर्डको निर्णयसहितको पत्र प्राधिकरणले टेलिकमलाई दिएपछि फाइभजी परीक्षणको तयारी थाल्नुपर्नेछ । टेलिकमले यसअघि काठमाडौँ, पोखरा, विराटनगर र वीरगन्जमा फाइभजी परीक्षण गर्ने योजना सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस