प्रधानमन्त्री देउवा र ईयू प्रतिनिधिबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवा र ईयू प्रतिनिधिबीच भेटवार्ता


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपियन युनियनको प्रतिनिधि टोलीले भेटवार्ता गरेको छ ।

ईयू अन्तर्गतको ईईएसको एसिया प्रसान्त क्षेत्रकी उप महानिर्देशक पाओला पाम्पोलोनीको टोलीले प्रधानमन्त्री देउवासँग आज (मंगलबार) बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल र ईयूबीचको आपसी समझदारी, व्यापार, हवाई सुरक्षा, जलवायु परिवर्तनलगायतका विषयहरुमा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस