डडेल्धुराको काँग्रेस सभापतिमा साउँद निर्वाचित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डडेल्धुराको काँग्रेस सभापतिमा साउँद निर्वाचित


७ मंसिर २०७८, मंगलबार


धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद नेपाली काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट साउँद सभापति पदका अर्का उम्मेदवार चूडामणि ठकुराठीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

साउँदले ठकुराठीलाई ठुलो मतान्तरले पराजित गरेका छन् । साउँदले ७३४ मत पाउँदा ठकुराठीले ७६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस